धनगढीः नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले सुदूरपश्चि प्रदेशको राजधानी बारे मुख खोलेका छन्।
अत्तरियास्थित निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रदेशको राजधानी सार्ने कुरा जनता विरोधी भएकाले स्वीकार्य नहुने बताएका हुन्।
डडेल्धुरा पुगेर प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजधानी सार्न सकिने अभिव्यक्ति दिएपछि भट्टले मुख्यमन्त्रीको अभिव्यक्ति अचम्म र गैरजिम्मेवारपूूर्ण रहेको टिप्पणी समेत गरे।
‘मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले दुई तिहाइ बहुमतले पारित गरेको गोदावरीमा प्रदेशको राजधानी बनाउने कुराको विकल्प खोज्ने कसरी भन्नुभयो ? यो अचम्मको र गैरजिम्मेवार पनि छ,’ भट्टले भने।
Facebook Comments Box