कैलाली: कैलाली प्रहरीले चेक अनादर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
कैलाली जिल्ला अदालतको मिति २०७४ साल पुस १२ गतेको फैसलामा ५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना गरिएका टीकापुर नगरपालिका–२ अस्नेरीका ४४ वर्षीय प्रेमबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
शाहीले ३२ लाख ५० हजार रकमको चेकको अनादर गरेका थिए। शाहीलाई आइतबार राति उनकै घरबाट पक्राउ गरेर सोमबार अदालतमा उपस्थित गराइएको छ।
Facebook Comments Box