दार्चुला – सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकामा नेकपा माओवादी केन्द्रले नेपाली काग्रेँससँग गठबन्धन नगर्ने भएको छ ।
महाकाली नगर कमिटी अध्यक्ष गणेशसिह खत्रीले कांग्रेसले नगरपालिकाभित्र गठबन्धन नगर्ने भएको हो ।
कांग्रेसले नगरपालिकाको हकमा हैकमबादी सोच अपनाएको भन्दै कांग्रेसबाहेकका सत्तामा रहेका दलसँग गठबन्धन हुने बताउनुभयो । उहाँले भन्नुभयो, अहिलेको हकमा कांग्रेसले महाकाली नगरपालिकामा बनाएको कार्ययोजनाप्रति पूर्ण रुपमा अहसमत छ । अहिलेको अवस्थामा काग्रेसबाहेकका सरकारमा रहेका दलहरुसँग गठबन्धन हुनेभन्दै तयारीमा रहन नगरपालिकाका नेता कार्यकर्तामा उहाँले आग्रह गर्नुभएको छ ।
यसैबीच कांग्रेस र माओवादी केन्द्रबीच जिल्लामा भागवण्डा मिल्ननसक्दा गठबन्धन संकटमा पर्दै गएको छ । जिल्लाको ‘क’ क्षेत्रमा माओवादीले सम्मानजनक उपस्थिती खोजेपछि भागवण्डा मिल्न सकेको छैन् । माओवादीको कम प्रभाव क्षेत्र रहेको व्याँस गाउँपालिका, दुहु गाउँपालिका, महाकाली नगरपालिकामा सम्मानजनक प्रतिनिधित्व कांग्रेसले दिन चाहेको छैन ।
माओवादीले यो क्षेत्रमा आफ्नो पनि थोरै प्रभाव रहेको भन्दै सत्तासाझेदारको हिसाबले गठबन्धनमा सम्मान हुनुपर्ने अडान राखेको छ । गठबन्धनको बैठकमा सहभागि एक नेताका अनुसार अहिलेकै परिस्थित रह्यो भने जिल्लामा एक्लाएक्लै चुनावी मैदानमा जानुपर्ने अवस्था आउन सक्ने संकेत गर्नुभयो ।