काठमाडौं : विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरूले राजधानी काठमाडौं केन्द्रित आन्दोलन सुरू गरेका छन्।
विभिन्न जिल्लाबाट कक्षाकोठा छाडेर काठमाडौं उत्रिएका शिक्षक, विद्यालयका कर्मचारीले सडक आन्दोलन सुरू गरेका हुन्। नेपाल शिक्षक महासंघको आव्हानमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म अहिले मार्चपास भइरहेको छ।
राहत, करार, बाल विकास, स्थायीलगायतका शिक्षक कर्मचारीले विधेयकप्रति विभिन्न १८ बुँदे असहमति राखेका छन्। सरुवा बढुवा, दरबन्दीलगायतका मुद्दा साथै स्थानीय तह मातहत नबस्ने उनीहरुको माग छ।
Facebook Comments Box