बझाङ : सरकारले संविधान दिवसको अवसर पारेर बझाङ जिल्ला कारागारमा रहेका दुई जनाको कैद माफी मिनाहा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी बझाङका दुई जनाको कैद माफी मिनाहा गरेका हुन् ।
५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको हो । बझाङमा सजाय माफी मिनाहा पाउनेमा ६९ वर्षिय छबिसपाथिभेराका जेष्ठ नागरिक धनराज भनिने चन्द्रदेव जोशी र हरेन्द्र मण्डेल रहेका छन् ।
यी दुबै जनाले ५० प्रतिशत कैद भुक्तान गरेको, चालचलन ठिक रहेको र जेष्ठ नागरिक नागरिक भएका हैसियतले कैद माफी पाएका हुन् ।
Facebook Comments Box