धनगढीः कञ्चनपुरमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिकास्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने पक्राउ परेका हुन्।
आक्रमणमा परेका अहेब नरेन्द्रप्रसाद गैरेको जाहेरीपछि बुधबार रामबहादुर खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
खड्कामाथि प्रहरीले दुर्व्यवहारको मुद्दा चलाएको छ। बिहिवार म्याद थप गरिएको प्रहरीले बताएको छ।
मंगलबार राति स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा बिरामीको उपचार गरिरहेका अहेव नरेन्द्रप्रसाद गैरेमाथि हातपात भएको थियो। राति साढे ११ बजे डयुटीमा रहेको अवस्थामा आफूमाथि कुटपिट भएको भन्दै पीडित स्वास्थ्यकर्मी गैरेले प्रहरीमा उजुरी दिएका थिए।
Facebook Comments Box