बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाले शिक्षक आन्दोलनका कारण विद्यालय नै बन्द नगर्न आग्रह गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलन प्रति ऐक्यबद्धता रहेको जनाउदै विद्यालय नै बन्द नगर्न आग्रह गरेको हो।
शिक्षकहरुले उठान गरेका जायज मागहरुप्रति गाउँपालिकाको समर्थन रहेको भएपनि विद्यालय नै बन्द गरी गरिने आन्दोलनले बालबालिकाहरुको नियमित पठनपाठनमा बाधा पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ।
Facebook Comments Box