कञ्चनपुरको बेलौरी र कैलालीको धनगढीबाट प्रहरीले अन्दाजी ६० हजार रुपैयाँ बराबरको भन्सार छलीको सामान वरामद गरेको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेडुवाबाट अवैध रुपमा भन्सार छलेर गरी ल्याइएका अन्दाजी मूल्य ४१ हजार रुपैयाँ बराबरको शैलुनका मालसामान बुधबार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको छ।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार रोड नजिकबाट अन्दाजी १९ हजार रुपैयाँ बराबरको चिनी, नरिवल, मिश्री, चामललगायतका सामान बुधबार साँझ गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।
Facebook Comments Box