धनगढीः कञ्चनपुरबाट लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ७ सुडाका २३ वर्षीय किरण जोशी बिहिवार पक्राउ परेका हुन्।
जिल्ला अदालत कञ्चनपुरले जोशीलाई लागुऔषध मुद्दामा १६ दिन कैद सजाय सुनाएको थियो। गत वर्षको कात्तिक १४ गते जिल्ला अदालतले फैसला गरेकोमा उनी फरार रहेका थिए।
घर नजिकैबाट पक्राउ परेका उनलाई कदै भुक्तानीका लागि अदालत पठाइएको छ।
Facebook Comments Box