कैलाली– सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढी उपमहागनरपालिकाको मेयरका लागि सात जनाले दाबी प्रस्तुत गरेका छन् । आगामी स्थानीय तहको निर्वाचनमा धनगढीको मेयर पदका लागि धनगढी नगर कमिटीले नाम माग गरेपछि सात जनाले दाबी प्रस्तुत गरेका हुन् ।
नगर कमिटीले नगर प्रमुख तथा उपप्रमुख पदका लागि नाम मागे गरेअनुसार आकांक्षीहरुले नाम दिएका हुन् । नगर कमिटीका अनुसार मेयर पदमा वर्तमान मेयर नृपबहादुर वड, काँग्रेसका महाधिवेशन प्रतिनीधि कृष्णबहादुर महरा क्षेत्री, पूर्ण जिल्ला सचिव पूर्ण कुँवर, महाधिवेशन प्रतिनिधि हरिश खड्का, नगर सभापति यज्ञराज उपाध्याय, नेतृ जाग्रिती बोगटी र लक्ष्मीदत्त भट्टले दाबी गरेका छन् ।
यस्तै उपमेयर पदमा पुष्पा भट्ट, सुनिता राना, प्रमिला लम्साल, डम्मरी महरा रक्षा र निपा चोखालले दाबी गरेको बताइएको छ । वैशाख ३० गते हुने निर्वाचनका लागि राजनीतिक दलहरु यति बेला उम्मेदवार छान्न व्यस्त छन् । यद्यपि सत्ता गठबन्धन दलबीच स्थानीय तह भागबण्डाको विषयमा छलफल जारी छ ।