धनगढीः आफ्नो नगरक्षेत्र भित्रका खोलानालाको अतिक्रमण हटाउन धनगढी उपमहानगरपालिकाले सूचना जारी गरेको छ।
उपमहानगरपालिकाको १ देखि १९ वडाका क्षेत्रभित्रका प्राकृतिक ताल तथा खोलानाला अतिक्रमण गरी बनाइएका भौतिक संरचना असोज महिना भित्र हटाउन नगरपालिकाले आग्रह गरेको छ।
उपमहानगरले खोलानाला अतिक्रमण गरेर बनाइएका भौतिक संरचना नहटाएमा तथा अटेरी गरेमा संरचना धनीलाई स्थानीय सरकार संञ्चालन ऐन, २०७४ तथा प्रचलित कानूंन बमोजिम कारबाही गर्ने समेत जनाएको छ।
Facebook Comments Box