धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन्। गएरातिदेखि परेको अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल, पार्कमोडलगायतका क्षेत्र जलमग्न भएका हुन्।
अस्पतालका वार्डहरुमा वर्षाको पानी पसेपछि बिरामीहरुलाई सास्ती भएको छ। यता निर्माणको कार्य भइरहेको मुख्य सडकमा पानी निकास नहुँदा हिलाम्य हुनुका साथै जलमग्न भएका छन्। जसका कारण आवातजावातमा समस्या भएको छ।
अहिले उपमहानगरले जमेको पानी निकास गर्न डोजर प्रयोग गरिरहेको छ।
Facebook Comments Box