डडेल्धुराः नेपाली उपभोक्ता संरक्षण महासंघ डडेल्धुराले प्रथम जिल्ला कार्य समिति गठन गरेको छ। एक कार्यक्रमकाबीच संस्थाका केन्द्रीय सदस्य सुरेश बोहराको अध्यक्षतामा जिल्ला कार्य समिति गठन गरिएको हो।
समितिको अध्यक्षमा अरुणप्रसाद जोशी, उपाध्यक्ष इन्द्र बोहरा, महासचिवमा प्रेमराज पन्त, सचिवमा सुरेश ताम्राकार, सह–सचिवमा दुर्गा देउवा र कोषाध्यक्षमा सितादेवी बोहरा चयन भएका छन।
यस्तै सदस्यमा मिना भट्ट, जुनु रोक्का मगर, भागरथी ऐर, गणेशसिंह साँकी, देवराज भट्ट र रमेशप्रसाद पन्त चयन भएका छन्।
नेपाली उपभोक्ता संरक्षण महासंघले कालो बजारी, गुणस्तरहीन बस्तु तथा सेवाको पूर्ण निस्कृयता, उपभोक्ता हकहितको लागि जनस्तरको खबरदारीमा प्रतिवद्धता’ भन्ने नारा दिई काम गर्दै आएको छ।
Facebook Comments Box