काठमाडौं: चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तरगत पुरुगा क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध खेलिरहेको खेलमा विश्व कीर्तिमान बनेको छ।
नेपालका लागि कुशल मल्लले ३४ बलमा नै शतक बनाएका छन्। टी-२० क्रिकेटमा उनकाे यो विश्व कीर्तिमान हाे।
यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश विक्रमासेकराले ३५ बलमा सतक पुरा गरेर विश्व कीर्तिमान बनाएका थिए।
यसअघि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले २०१९ मा सिंगापुर विरुद्ध ४९ बलमा शतक बनाएका थिए।
Facebook Comments Box