कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका १० ब्यारेल स्थित चेक पोइन्टबाट २.५५ ग्राम लागुऔषधसहित भीमदत्त नगरपालिका-१९ का ३२ वर्षीय रामकिशन राना मंगलबार साँझ पक्राउ परेका हुन्।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिइएको प्रहरी टोलीले चेकजाँच गर्दा रानाको साथमा रहेको साइकलको बाँया ह्यण्डिलको प्वालभित्र लुकाई राखेको लागुऔषध फेला पारि पक्राउ गरेका बताएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box