काठमाडौँ : सशस्त्र प्रहरी प्रधान कार्यालयले २०८१ सालमा गण कमाण्ड गर्ने सशस्त्र प्रहरीका एसपीहरूको पूर्वानुमान सूची प्रकाशन गरेको छ ।
गण कमाण्डका लागि ५० जनाको मुख्य र १० जनाको वैकल्पिक सूचीमा नामावली प्रकाशन गरिएको हो।
प्रधान कार्यालय स्थित कर्मचारी प्रशासन शाखाले ज्येष्ठताको आधारमा कमाण्डको जिम्मेवारी नगरेका एसपीहरूको पूर्वानुमान सूची प्रकाशन गरेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।
एफपीयु मिसन, अनपोल मिसन, प्रोफेसनल लेभलको यूएन मिसन र १ वर्ष भन्दा बढी अवधिको विदेश तालिमबाट फिर्ता भएका अधिकृतहरूलाई भने ६ महिना अवधिसम्म कमाण्डको जिम्मेवारीमा सरुवा नगरिने डिएसपी थापाले बताए ।
एक पटक पनि कमाण्डको जिम्मेवारीमा नखटिएका उपरीक्षकहरूलाई पहिलो प्राथमिकता राखी पूर्वानुमान सूची तयार गरिएको छ।
पूरा अवधि कमाण्ड नगरेका एसपीहरूलाई समेत कमाण्ड गरेको अवधिको आधारमा कमाण्डको अवसर पाउने गरी पूर्वानुमान सूची प्रकाशन गरिएको छ।