बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि सार्वजनिक बिदा दिएको छ।
नगरपालिकाको वडा नम्बर २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको हो।
नगरप्रमुख स्तरिय निर्णय अनुसार प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाको अवसरमा भोलि बिदाई दिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।
यस्तै पुर्चाैडी नगरपालिकाले बिहीवार सार्वजनिक बिदा दिएको छ। नगरपालिकामा लाग्ने मेला पर्वका लागि सार्वजनिक बिदा दिएको हो।
भदौ ११ गते अन्नत चर्तुदशीका दिन विभिन्न मन्दिरमा लाग्ने मेलाका लागि स्थानीय बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
नगरपालिका भित्रका हाँट बुदडा, जोगेउडा, शिबाबो, डिलाशैनी भगवती मन्दिर र मौलिंगा मन्दिर लगायतका धार्मिकस्थलमा लाग्ने जात्राका लागि बिदा दिइएको नगरपालिकाका सूचना अधिकारी प्रविन धानुकले बताए ।