धनगढी: धनगढीमा अवैध सामान बरामद गरिएको छ। आज (बुधबार) वडा प्रहरी कार्यालय धनगढीको टोलीले अवैध सामान बरामद गरेको हो।
वडा प्रहरी कार्यालयका प्रमुख, इन्सपेक्टर जनक ढुङ्गानाले झण्डै २ लाखको अवैध भन्सार छलिको सामान बरामद गरिएको जानकारी दिए। उनका अनुसार धनगढी उपमहानगरपालिकाको राजपुर नजिकैबाट लेडिज लुगाकपडा र सुर्तीजन्य पदार्थ बरामद गरिएको हो।
जसमा करीब १ लाख ७२ हजार ७९६ बराबरको कपडा र करिब ६ हजार ६७० बराबरको सुर्तीजन्य पदार्थ गरि जम्मा १ लाख ७९ हजार ४६६ बराबरको सामान बरामद गरिएको हो।
लुकाइ छिपाइ लगिरहेको अवस्थामा वडा प्रहरी कार्यालयको टोलीले सो सामान फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। अहिले सो सामान थप कारबाहीका लागि त्रिनगर भन्सार पठाइएको छ।
Facebook Comments Box