मानिसको जीवनमा हरेक कुराको आफ्नै विधि, नियम र तौरतरिका हुन्छ। कुन समयमा कसरी गर्ने यो विषयलाई निकै ध्यान दिनुपर्ने हुन्छ। जसमा हामीले दैनिक गर्ने योग शारीरिक एवं मानसिक उपचारमा सर्वोत्तम विकल्प हो। यो यति शक्तिशाली एवं प्रभावकारी यसकारण हुन्छ कि, यसले सद्भाव र एकीकरणको सिद्धान्तमा काम गर्छ। मानसिक तथा शारीरिक विकार हटाएर शरीरलाई स्वस्थ्य बनाउन योगले महत्वपूर्ण काम गर्छ। योग पनि योगका निमम अनुसार गर्दा मात्र उपलब्धिमुलक हन्छ।
तर, आज गृह मन्त्रालयले हाल एक दिवसीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउँदै काठमाडौं उपत्यकाभित्रका विभाग, कार्यालयका अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीलाई योगाभ्यास–ध्यान गरेर मात्र काममा लाग्न निर्देशन दिएको छ। आज नै सबै महाशाखा प्रमुखलाई पत्राचार गर्दै गृहले बिहान सवा १० बजेभित्र अनिवार्य १५ मिनेट योगाभ्यास–ध्यान गरेर मात्र आफ्नो काममा लाग्ने प्रबन्ध मिलाउन निर्देशन दिएको हो।
‘महाशाखाअन्तर्गत अधिकृतस्तरमा सबै कर्मचारीले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा कम्तीमा १५ मिनेट समय योगाभ्यास–ध्यान गरेर मात्र आ–आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउनुहुन’ पत्रमा उल्लेख छ। त्यस्तै, गृहले अन्य तहका कर्मचारीलाई पनि योगाभ्यास प्रशिक्षण दिने तयारी भइरहेको जनाएको छ। तर योगको नियम अनुसार योग जथाभावी गर्नु राम्रो हुँदैन। योय सूर्योदय वा सूर्योअस्तको समयमा योग गर्नु फलदायी हुने योग गुरुहरु बताउँछन्।
योगका लागि आरमदायक लगाउनु, योग गर्नुअघि स्नान गर्नु, योग खाली पेट गनु राम्रो हो। योग गर्नु २ घण्टाअघि केहि नखादा झनै राम्रो हुने बताउँछन् योग गुरुहरु ।
त्यस्तै योग कुनै शान्त वातावरण र सफा स्थानमा योग गर्नु, योग गरिरहँदा धैयता र दृढता राख्नु, योग गरिसकेको ३० मिनेटसम्म केहि नखानु उत्तम मानिन्छ।