काठमाडौंः जंगलमा लुकीछिपी ‘रोमान्स’ गर्ने झापाको अर्जुनधारा नगरपालिकाको दुई जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरिएको छ। स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत र एक जना करार महिला कर्मचारीलाई नगरपालिकाले जागिरबाट हटाएको हो।
नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङ्गले दुवैलाई स्पष्टीकरण सोधेर आजबाट जागिरबाट निकालेको बताए।
स्वास्थ्य शाखा प्रमुख बस्नेत र पालिकाकै एक महिला कर्मचारीबीच जङ्गलमा ‘रोमान्स’ भइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमती आएकी थिइन्। बस्नेतकी श्रीमतीले उनीहरुलाई आपत्तिजनक अवस्थामा भेटेपछि तथानाम गाली गर्दै कुटपिट गरेको भिडियोमा देखिन्छ।
उनले बस्नेतलाई थप्पडसमेत हिर्काएकी छन्। यता, ती महिला कर्मचारी भने पछाडि फर्किएकी छन्। उनले हेल्मेटले आफ्नो अनुहार लुकाउने कोसिस गरिरहेको भिडियोमा प्रष्टै देख्न सकिन्छ।
सम्बन्धित समाचार
स्वास्थ्यका हाकिमको स्टाफसँगै जंगलमा ‘डेटिङ’, बुढी प्रकट भएपछि फसाद