काठमाडौं – सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको बैठक बिना निष्कर्ष सकिएको हो ।
पूर्वनिर्धारित पत्रकार सम्मेलनमा सहभागी हुन प्रचण्ड गठबन्धन बैठकबाट बाहिरिएका उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । प्रचण्ड बाहिरिएपछि अहिलेका लागि बैठक स्थगित गरिएको छ । प्रचण्डको पत्रकार सम्मेलन सकिएपछि फेरि गठबन्धन बैठक बस्ने उनकाे भनाइ छ ।
बालुवाटारमा बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कार्यदलका अध्यक्ष रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरू सहभागी थिए ।
गठबन्धनको बैठक आइतबार पनि बसेको थियो ।
Facebook Comments Box