काठमाडौँः काठमाडौँको तिनकुनेस्थित पुलबाट मोटरसाइकल बागमती नदीमा खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुरको चाँगुनारायण घर भएका १७ वर्षीय सुशील गुरुङ रहेका छन्।
बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा–०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल पुलबाट खसेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रहरीका अनुसार गुरुङ मोटरसाइकल पछाडी सवार थिए। मोटरसाइकल चालकलाई उद्धार गरेर अस्पताल पठाइएको छ।
Facebook Comments Box