काठमाडौँ : शङ्कास्पद कागजात पेसशगरेर श्रम स्वीकृति लिएका १४ वटा म्यानपावर कम्पनी निलम्बनमा परेका छन् ।
वैदेशिक रोजगार विभागले शङ्कास्पद कागजात पेस गरेर श्रम स्वीकृति लिएको आरोपमा १४ वटा म्यानपावर कम्पनीलाई निलम्बन गरेको हो ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ को ७ बमोजिम निलम्बन गरेको विभागले बताएको छ ।
जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरेर श्रम स्वीकृति लिई नेपाली कामदारलाई पठाएको भनेर उजुरी परेको थियो । सो उजुरीमाथि अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box