धनगढीः भूकम्पपछि बझाङमा एक महिलालाई अस्पतालको प्राङ्गणमै सुत्केरी गराइएको छ। मंगलबार दिउँसो गएको भूकम्पका कारण सुत्केरी हुन जिल्ला अस्पताल बुझाङ पुगेकी एक महिलालाई अस्पतालको प्राङ्गणमा लगेर सुत्केरी गराइएको हो।
अस्पतालका अनुसार तलकोट गाउँपालिका १ गोथीचौरकी २० वर्षीय मनिषा ऐडीले ३ः ३० मिनेटमा बच्चालाई जन्म दिएकी हुन्। नर्मल डेलिभरीमार्फत बच्चालाई जन्म दिएकी मनिषा र बच्चाको अवस्था सामान्य रहेको बताइएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको थियो।
दिउँसो २ बजेर ४० मिनेटमा पहिलो पटक बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। पछि पुनः ३ बजेर ६ मिनेटमा भूकम्प गएको हो। भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको थियो।
Facebook Comments Box