धनगढी: कैलालीस्थित धनगढी उपमहानगरपालिकामा रहेको ऐश्वर्या बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ(विपी) गठन भएको छ। जसको अध्यक्षमा सन्तोष अवस्थी चयन भएका छन् ।
यस्तै संगठनको उपाध्यक्षमा अस्मिता पाठक, सचिवमा केशव भट्ट, उपसचिवमा कंचन भट्ट, कोषाध्यक्षमा निरज चन्द चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा गोबिन्द नेपाली, एलेक्स धामी, भुपेन्द्र चौधरी, सपना शाह, आकाश थापा, पूजा भट्ट र आयुश बिक्रम सिंह चयन भएका छन्।
विद्यार्थी हकहितका पक्षमा बोल्ने र विद्यार्थीका समस्यामा केन्द्रित रहेर संगठन निर्माण गर्ने बाचा गर्दै विभिन्न विद्यार्थी संगठनहरुले लामो समयदेखि विद्यार्थीहरुलाई टाढा राखेका बेला आफूहरु संगठन बिस्तार गर्दै विद्यार्थीको पक्षमा आवाज उठाउने नेविसंघ(विपी) कि केन्द्रिय सदस्य आशा जोशीले बताइन्।
उनले अरुले संगठन गरेर स्ववियु निर्वाचन जित्ने तर विद्यार्थीका समस्या भने ज्यूका त्यू रहेको बताइन्। सोही कारण राष्ट्रियता, लोकतन्त्र र विद्यार्थी एकतालाई मजबुत बनाउने उद्देश्यले संगठन बिस्तार गरेको उनको भनाई छ।