काठमाडौं– नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा सातवटै प्रदेशको डेस्क हेर्ने गरि सहमहामन्त्रीलाई जिम्मेवारी प्रदान गरेको छ । स्थानीय तह निर्वाचनको केन्द्रीय परिचालन समिति बिस्तार गर्दै सात सह–महामन्त्रीलाई सात प्रदेशको जिम्मा दिएको हो ।
उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित समितिको बैठकले पार्टी केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ राखेर हेर्ने जिम्मेवारी महामन्त्री विश्वप्रकाश शर्मालाई तोकेको छ। उनले सातवटै प्रदेशमा समन्वय गर्ने गरि सात सहमहामन्त्रीलाई प्रदेश डेक्सको संयोजक तोकिएको हो।
समितिको निर्णय अनुसार प्रदेश नं. १ मा जीवन परियार, मधेश प्रदेशमा भीष्मराज आङ्दम्वे, वाग्मती प्रदेशमा फरमूल्लाह मंसुर, गण्डकी प्रदेशमा महालक्ष्मी उपाध्याय ‘डिना’ लुम्विनी प्रदेशमा महेन्द्र यादव, कर्णाली प्रदेशमा बद्री पाण्डे र सुदूरपश्चिम प्रदेशमा किशोरसिंह राठौरलाई डेस्क संयोजक तोकिएको छ ।