डडेल्धुरा : डडेल्धुरामा ५ जना जुवाडे पक्राउ परेका छन्।
जिल्लाको अमरगढी नगरपालिका–५ कीर्तिपुर बस्ने करन रोकायको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष ओझासहित ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्याल डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ८ सय ५० रुपैयाँ र ९ गड्डी ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता, प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनको भनाइ छ।
स्रोतका अनुसार प्रहरीले जुवाडेभन्दा मोबाइल बढी समातेको छ। जुवाडे कम मोबाइल बढी समातिएको छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘प्रहरी जुवातास खेलिरहेको अवस्थामा त्यहाँ पुग्दा कतिपय भागिसकेको र भाग्ने क्रममा कुन मोबाइल आफ्नो हो भन्ने थाहा नभएर छोडेर गएकोले त्यस्तो भएको हो।’
जुवाडेको नाम र मोबाइल के कति समातियो भनेर प्रहरीले खुलाएको छैन्। प्रहरी पुग्दा सधैं जुवाडे भाग्ने गरेकोले प्रहरीको कार्य क्षमतामाथि प्रश्न उठ्न थालेको छ। केही दिन अगाडि अमरगढी–२/३ को बिरादेबाट पनि प्रहरीले जुवाडे भगाएको आरोप लागेको थियो।