धनगढी: नेपाल प्रहरीका नायव निरीक्षक (सई) जितेन्द्रसिंह धामी निलम्बनमा परेका छन्। बहुविवाह (घरमा श्रीमती हुँदाहुदै अर्को विवाह गरेको) मुद्दामा मुछिएपछि धामी निलम्बनमा परेका हुन्।
प्रहरी अतिरिक्त महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार उनी स्वत: निलम्बनमा परेको जानकारी दिइएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुबेर कडायतले मुद्दा दायर भएलगत्तै धामीको जिम्मेवारी खोसिएको र निलम्बित गरिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए।
उनका अनुसार धामीविरुद्ध चितवनमा बहुविवाहको मुद्दा दायर भएको थियो। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सई धामीविरुद्ध चितवनमा मुद्दा दर्ता भएको हो।
डेढ महिनाअघि मुद्दा परेकोमा अहिले धामी धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले बताए।
Facebook Comments Box