धनगढी : मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई मोसो दलिएको छ। आज प्रसाईँलाई काठमाडौंको यल्लो पेगोडा होटल अगाडि अज्ञात व्यक्तिहरुले मोसो दलेका हुन्।
प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले मोसो दलेका हुन् ।
प्रसाईँले पछिल्लो समय विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्। प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई मोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए।
प्रहरीले यसका केन्द्रीय संयोजक शम्भु थापालाई पक्राउ समेत गरेको थियो ।
Facebook Comments Box