काठमाडौँ : सरकारले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मंगलबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरकेो छ।
आज बसेको मन्त्रिपरिषद बैठकले भोलि सार्वजनिक बिदा दिदै इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो।
बैठकले नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउने निर्णय पनि गरेको छ। इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको छ भने केही घाइते छन्। कतिपय नेपाली अझै उद्धारको पर्खाइमा छन्।
Facebook Comments Box