काठमाडौं : इजरायलको द्वन्द्वनग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा लगिएको छ। उनीहरुलाई इजरायली आर्मी क्याम्पभित्र लगेर राखिएको छ।
आजै सरकारले इजरायली पक्षसँग कुरा गरी युद्ध क्षेत्रमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा लान आग्रह गरेको थियो। सोही अनुसार उनीहरूलाई सुरक्षित स्थानमा लगिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको बंकरभित्र रहेका विद्यार्थीसँग संवाद पनि गरिसकेका छन् ।
Facebook Comments Box