धनगढी: नेकपा एमालेका नेता महेश बस्नेतले दुर्गा प्रसाईँलाई युवा सङ्घको तागत ननाप्न चुनौती दिएका छन् ।
उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सो चेतावनी दिएका हुन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भनेका छन्, ‘बैक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालो मोसो दल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईँलाई युवाहरूले आज तह लाएछन । अब सुध्रीउ, अरूलाई दोष नलगाऊ । यस्तालाई सरकारले कारबाही गरोस् । जन प्रतिरोध हुनु राम्रो होइन । युवा सङ्घको तागत ननाप प्रसाईँ !’
Facebook Comments Box