काठमाडौं– भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी र एमाले सांसद तथा पूर्वमन्त्री महेश बस्नेतबीच भारतको देहरादुनमा भेटघाट भएको छ। हालै भारतीय जनता पार्टीको तर्फबाट मुख्यमम्न्त्री भएका धामी उत्तराखण्डमा हालै भएको निर्वाचनमा आफ्नो पार्टीलाई ७० सिटमध्ये ४७ सिटमा बिजयी गराएर चर्चामा आएका थिए।
धामी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतीय जनता पार्टीको माथिल्लो तहका नेताहरुसंग राम्रो पहुँच भएका र भबिष्यमा केन्दीय तहको जिम्मेवारी लिन सक्ने नेताको रुपमा हेर्न सकिन्छ । नेपालप्रति सकारात्मक दृष्ट्रि राख्ने धामी र बस्नेतबीच अर्कालाई तुल्सीको बिरुवा आदान प्रदान गरेर बधाई शुभकामना साटासाट गरेका थिए ।
भेटघाटका दौरानमा नेपाल, उत्तराखण्ड र विशेष सुदूरपश्चि क्षेत्रको हितको बारेमा छलफल भएको थियो। धार्मिक पर्यटन, शिक्षा क्षेत्रमा नेपाली विद्यार्थीलाई पढाइमा बिषेश छुट दिने विषय महाकाली नदीको कारणले दुई देशका जनतामा देखिएको पारवहन र यातायात समस्या, सिचाईको समस्या, तुइन काटिएर महाकाली नदीमा डुबेका धामीको बिषयलगायतका बारेमा सौहार्द छलफल भएको थियो ।
मुख्यमन्त्री धामीले पशुपति नाथ र केदारनाथको शीर डोलेश्वर महादेबको दर्सन गर्न नेपाल आउने इच्छा ब्यक्त गर्नु भएको थियो। मुख्यमन्त्रीका सचिवालय भुवन तिवारीले बैठक निकै सौहार्द भएको जानकारी दिएका थिए। उनका अनुसार पूर्वमन्त्री बस्नेतले नेपाल भ्रमण गर्न दिएको निम्तो स्वीकार गरेको र चाँडैनै औपचारिक प्रकृया मिलाएर समय निर्धारण गरिने बताए ।