झापा : राष्ट्रिय भूमि आयोगको ३ जना कर्मचारीलाई प्रहरीले झापाबाट नियन्त्रणमा लिएको छ । झापाको हल्दिबारीबाट करारमा कार्यरत ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा जुम्लाको सिजा गाउँपालिका घर भएका २३ वर्षीय मोहन नेपाल, दोलखाका २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका–८ घर भएका २३ वर्षीय कमल खनाल रहेको झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
उनीहरू आयोगबाट हाल्दिबारी गाउँपालिकामा खटिएका हुन्। जग्गा वितरणको काम ‘छिटो गराउँछौँ’ भनेर रकम लिएको सूचनाको आधारमा उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको एसपी रेग्मीले जानकारी दिए ।
Facebook Comments Box