काठमाडौं : इजरायलमा प्यालेस्टाइनको इस्लमिस्ट समूह ‘हमास’को आक्रमणमा परी १४ अमेरिकी नागरिकको मृत्यु भएको ह्वाइट हाउसले जनाएको छ।
मंगलबार अमेरिकाका राष्ट्रपति जो बाइडेनले हमासले इजरायलमाथि गरेको आक्रमणमा आफ्ना १४ नागरिकले ज्यान गुमाएको बताएका हुन्।
द न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति बाइडेनले उक्त आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्।
ह्वाइट हाउसले उक्त आक्रमणमा २० जना भन्दा बढी अमेरिकी नागरिकहरू बेपत्ता भएको जानकारी दिएको छ।
Facebook Comments Box