धनगढी: बझाङमा भूकम्पबाट प्रभावित भएकाहरुलाई सहयोग पठाइएको छ। आज (बुधबार) धनगढीबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम र कैलाली उद्योग वाणिज्य संघले संयुक्त रुपमा सहयोग पठाएका हुन्।
यहीँ असोज १६ गते बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित भएकाहरुको परिवारहरुको सहयोगका लागि निजी क्षेत्रले समाजिक उत्तरदायित्वलाई मनन गर्दै राहत पठाइएको जनाएको छ। जसमा तीनै संस्थाले संयुक्त रुपमा ७ लाख बराबरको सहयोग सामग्री बझाङ पठाएका हुन्।
उद्योग वाणिज्य संघका महासचिव नरेन्द्र खड्कालाई सो सामान हस्तान्तरण गरि बझाङ पठाइएको उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका कार्यकारी निर्देशक ज्योती भट्टले जानकारी दिए।
उनका अनुसार सहयोग प्रदान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवंर, नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्षद्व्य मदनराज पन्त, अनिल कुमार भोजनिया लगायतको सहभागिता थियो।
यस्तो छ सहयोग सामाग्रीको विवरण
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम प्रदेशबाट सहयोग:
१.त्रीपाल (१५१८)=१५० थान २. चामल( २५ के जिका) = १६५ बोरा ३. चिउरा २५ बोरा ४. स्वायबिन ३० बोरा
कैलाली उद्योग वाणिज्य संघबाट सहयोग : १.त्रीपाल (१५१८)=१०० थान