धनगढी: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितले नेपाल-भारत सीमा क्षेत्रको अनुगमन तथा धार्मिक क्षेत्रको दर्शन गरेका छन्। (आज) बिहीबार नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै भारतीय प्रधानमन्त्री मोदीले कैलाश पर्वत र पार्वती सरोवर दर्शन गरेका हुन्।
उनले बिहीबार बिहान साढे ९ बजे नेपाली सीमाभित्र रहेका गुन्जीका सात गाउँ (गुन्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गर्ब्याङ र बुदी) को भ्रमण गरेको बताइएको छ।
सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि छलफल गरेका थिए। प्रधानमन्त्री मोदीसँगै उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि थिए।
Facebook Comments Box