काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणले यस पालिको दशैं जेलभित्रै मनाउने छेकछन्द देखिँदै छ ।
पर्व बिदा शुरु हुनुअघि मुद्दाको सुनुवाइ गर्ने दिन बिहीबार मात्रै बाँकी रहेकाले यस्तो आकलन गरिएको हो । त्यसपछि न्यायालयमा बिदा शुरु हुन्छ । कथं सुनुवाई प्रारम्भ भइहाले पनि एकै दिनमा सबै प्रक्रिया टुंगिन सम्भव छैन ।
यसैबीच सुनप्रकरणका २६ जना अभियुक्तमध्ये २५ जना जेल गएका छन् । यसबीच महान्यायाधिवक्ताको कार्यालयले काठमाडौंको जिल्ला सरकारी वकिल कार्यालय प्रमुखमा सन्देश श्रेष्ठलाई पठाउन लागेको छ उनी पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका पिए हुन् ।
Facebook Comments Box