काठमाडौं : राष्ट्रिय अनुसन्धान कार्यालय प्युठानका अनुसन्धान अधिकृत सञ्जनबहादुर बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।
बुढाथोकीले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिई नियम विपरीत सरकारी सेवामा कार्यरत रहेको पाइएपछि मुद्दा दायर भएको हो ।
माध्यमिक शिक्षा परिषद् भारतको उत्तर प्रदेश इलाहाबादबाट इन्टरमिडिएट तह उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा सरकारी सेवामा प्रवशे गरेका उनले सरकारी लाभ र सुविधा लिएको अनुसन्धानबाट खुलेको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम उनीविरुद्ध आज मुद्दा दायर गरेको हो ।
Facebook Comments Box