काठमाडौँ : प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका एसपीलाई काज सरुवा गरेको छ । बाँकेमा सुवास चन्द्र बोहरा र सर्लाहीमा प्रविण धिताललाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए ।
बाँकेमा कार्यरत सन्तोष सिंह राठौरलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा फिर्ता बोलाइएको छ । सर्लाहीमा नरेशराज सुवेदी कार्यरत थिए ।
त्यस्तै गृह मन्त्रालयले बिहीबार नै दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । सर्लाहीको प्रमुख जिल्ला अधिकारीमा कोमल प्रसाद धमला र बाँकेको प्रजिअमा श्रवण कुमार पोखरेललाई सरुवा गरिएको छ ।
हिन्दु र मुस्लिम समुदायको बिचमा दंगा भड्किएपछि सुरक्षा परिषद्को बैठकमा दुवै जिल्लाका प्रजिअ र एसपीले ‘कार्यकुशलता देखाउन नसकेको’ विश्लेषण गरिएको थियो ।
Facebook Comments Box