तनहुँ : डेंगी संक्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका ६ वर्षीय बालकको मृत्यु भएको छ। उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आज मृत्यु भएको हो।
दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ। ६ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेंगीबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।
Facebook Comments Box