धनगढी : नेकपा एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा शोकसभा गरेको छ।
शोकसभामा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दिवंगत विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीसहित शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे।
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गतको ‘लर्न एन्ड अर्न प्रोग्राम’ अनुसार त्यहाँ अध्ययन गर्न गएका विद्यार्थीको निधनले पार्टी दुःखी भएको र अब यसरी विदेश जाने परिस्थितिको अन्त्य गर्न लागि पर्ने उनले प्रतिबद्धता जनाए।
Facebook Comments Box