धनगढी : रुपेश श्रेष्ठ, नेपाली खेल जगतमा चिर परिचित नाम हो। धेरै जसोले रुपेशलाई असफल प्रशिक्षकको रुपमा ट्याग लगाउने गरेका छन्।
नेपाल पुलिस क्लबको महिला टोलीका प्रमुख प्रशिक्षक हुन्, रूपेश। तिनै असफल प्रशिक्षकको ट्याग पाएका रुपेश नेपाल पुलिस क्लबलाई सफलताको यात्रामा डोर्याइरहेका छन्।
अहिले उनकै प्रशिक्षणमा नेपाल पुलिस क्लबले नेपालको घरेलु मैदानमा हुने धेरैजसो खेलमा आफ्नो पक्कड जमाउँदै उपाधि हात पार्न सफल भएको छ। त्यति मात्रै होइन अन्य टोलीले समेत पुलिस क्लबको नाम सुन्ने बितिक्कै उपाधि दाबेदार टिम भनेर उपमा दिन थालेका छन्।
कुनैबेला तिनै रुपेश खेल जगतकै व्यक्तबाट अपमानित हुनु पर्ने अवस्था थियो। उनलाई खेल क्षेत्रकै असफल प्रशिक्षकको उपनाम दिने गरेका थिए। कारण हो, उनको टोलीले बारम्बार भोगिरहेको हार।
समय परिवर्तनशिल हुन्छ भनेझैं दिनहरू फेरिँदै गए। र, अहिले बिष्टको परिचय पनि फेरिएको छ। टोलीमा भएका सिनियर खेलाडी खेलबाट बिदा लिने अवस्था र नयाँ खेलाडी उत्पादन गरि टोलीलाई अगाडि बढाउनु पर्ने जिम्मेवारी पाएका बिष्टले त्यो जिम्मेवारी बहन गरेका छन्।
त्यो जिम्मेवारी पूरा गर्न उनलाई समय लाग्यो तर असम्भव भएन त्यसैको परिणाम हो अहिले उनको टोलीले बारम्बार घरेलु मैदानमा सफलता प्राप्त गर्नु।
को हुन् रुपेश ?
रुपेश बिष्ट २०६० सालमा भलिबल खेलाडीको रुपमा नेपाल पुलिस क्लबको टोलीमा प्रवेश गरेका थिए। उनले २०६० देखि २०६४ सम्म पुलिस क्लबमा ओपन स्पाइकर र सेटरको भूमिकामा थुप्रै खेल पनि खेले।
र, उनी टोलीमा प्रवेश गरेकै वर्ष २०६० सालमा उनको टोलीले धनगढीमा सम्पन्न राष्ट्रिय पुलिस भलिबल प्रतियोगिताको उपाधि जित्यो। यो उनको लागि खेलाडीको रुपमा ठूलो उपलब्धि थियो।
२०६० सालमा पुलिस क्लबमा खेलाडीको रुपमा प्रवेश गरेका बिष्ट ४ वर्षसम्म भलिबल खेलेपछी खेलाडीको जीवनबाट बिट मार्दै सहायक प्रशिक्षकको रूपमा पुलिस क्लबमा आफ्नो प्रशिक्षणको यात्रालाई अगाडि बढाए।
उनी साहायक प्रशिक्षक हुँदा पुलिसको टोलीमा प्रमुख प्रशिक्षक कपिल किशोर श्रेष्ठ थिए। बिष्टले श्रेष्ठसँगै चार वर्ष काम गरे।
त्यसपछि प्रमुख प्रशिक्षकको रुपमा प्रशिक्षक सुदेश कुमार रिमाल नियुक्त भए। उनीसँग पनि बिष्टले चार वर्ष काम गरे। दुबै जनाबाट सिक्ने अवसर पाएकाे बिष्ट बताउँछन्।
करिव आठ वर्ष सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेपछि २०७० सालमा बिष्टले पुलिस क्लबको प्रमुख प्रशिक्षकको जिम्मेवारी प्राप्त गरे।
त्यो आफ्नो लागि ठूलो अवसर मात्र नभएर चुनौती पनि रहेको बिष्ट सम्झिन्छन्। त्यो समय उनले पुलिस क्लबलाई एउटा लयमा ल्याउनु पर्ने थियो। पाँच वर्ष निकै चुनाैतिको सामना पनि गरे उनले। तर, उनका लागि असम्भव भने भएन।
केके परिवर्तन भयो पुलिस क्लवमा ?
बिष्टले प्रशिक्षकको रुपमा नेपाल पुलिस क्लबमा उल्लेखनीय सुधार ल्याउदै यो वर्षमा मात्र थुप्रै उपाधि प्राप्त गरे।
जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा आयोजनामा भएको मेयर कप भलिबल प्रतियोगिता,एनभिए कप त्रिपुरेश्वर, मुख्यमन्त्री कप इटहरीको उपाधि जिताए।
नेपाल भलिबल संघले आयोजना गर्ने सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता एनभिए लिगमा अपराजित रहँदै फाइनलमा एपीएफलाई हराउँदै उपाधि हात पार्न सफल भए।
थुप्रै प्रतियोगिताम उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरिसकेका मुख्य प्रशिक्षक बिष्ट कुसल प्रशिक्षकमा गनिन थालेका छन्। नेपाल पुसिल क्लवको टिमलाई यो उचाइसम्म पुर्याउन आफूले निकै संघर्ष गर्नुपरेको उनको भनाइ छ।
‘सातौ आरबीबी (राष्ट्रिय बाणिज्य बैंक) एनभीए क्लव च्याम्पियनसीप २०७९’मा नेपाल पुलिस क्लवको महिला टिमलाई विजेता गराएका बिष्टले उत्कृष्ट प्रशिक्षकको अवार्ड समेत प्राप्त गरेका छन्।