काठमाडौं: सरकारले चिकित्सा शिक्षा सम्बन्धित विधेयक अगाडि बढाएको छ। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा चिकित्सा शिक्षासँग सम्बन्धित पहिलो विश्वविद्यालय स्थापना हुने गरी सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० दर्ता गरेको हो।
गत शुक्रबार राष्ट्रिय सभामा दर्ता भएको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास भएसँगै यस विषयमा बहस सुरु भएको छ। दुवै संघीय संसदमा विधेयकमा दफाबार छलफल हुनेछ। राष्ट्रिय र प्रतिनिधि सभाबाट विधेय पारित भएपछि चिकित्सा शिक्षा मात्र पठनपाठन गराउने नेपालकै पहिलो विश्वविद्यालय सञ्चालनमा आउने छ।
सरकारले हाल सुदूरपश्चिमको कैलालीस्थित गेटामा निर्माणाधिन गेटा अस्पताललाई नै सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अगाडि बढाएको हो।
Facebook Comments Box