धनगढीः नेपाली राजदूतावासले पाँच जना नेपाली विद्यार्थीको शव प्राप्त भएको जनाएको छ। प्यालेस्टिनी अतिवादी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका पाँच जना नेपाली विद्यार्थीको शव प्राप्त भएको दूतावासले जानकारी दिएको हो।
नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव नेपाल पठाउने तयारी भइरहेको दूतावासको भनाई छ।
त्यस्तै, दूतावासले सम्पर्कविहिन विपिन जोशीको खोजी कार्यलाई तीव्र पारिएको जनाएको छ। आक्रमणमा परेर घाइते भएकामध्ये एक जना दूतावासको हेरचाहमा र दुई जना अस्पतालमा उपचाररत रहेको बताइएको छ।
हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए। अन्यको शव पनि प्राप्त हुनेक्रममा रहेको दूतावासले बताएको छ।
Facebook Comments Box