कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् ।
आज बेलौरी नगरपालिका-२ टेडुवा बस्ने ५५ वर्षीय फुतिया चौधरी र उनकी छोरी २१ वर्षीय पुष्पा चौधरीमाथि चट्याङ पर्दा घाइते भएका हुन् ।
खेतमा काम गरिरहेको अवस्थामा चट्याङ पर्दा दुबै आमा, छोरी घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद बजगाइले बताए । दुबैको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
घाइते दुबैलाई पहिले बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहा उपचार सम्भव नभए पछि उनलाई थप उपचारका लागी धनगढी लगिएको हो ।
Facebook Comments Box