कैलाली– धनगढी उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेबाट तीन जनाको नाम सिफारिस भएको छ ।
एमालेको नगर कमिटीले रणबहादुर चन्द, दुर्गा जोशी र जीवन बमको नाम सिफारिस गरेको हो । चन्द एमालेका पूर्वजिल्ला उपाध्यक्ष हुन् भने जोशी बर्तमान जिल्ला उपाध्यक्ष हुन् । जोशी गत निर्वाचनमा मेयरमा पराजित भएका थिए । यस्तै बम एमाले प्रदेश सदस्य हुन् ।
नगर कमिटीले सिफारिस गरेर जिल्लालाई पठाएकोमा जिल्लाले पनि प्रदेश कमिटीलाई नाम सिफारिस गरेको छ । धनगढीको मेयरका लागि सत्ता गठबन्धन दलबीच चनावी तालमेल गर्ने सहमती भइसकेको छ । धनगढी नेपाली काँग्रेसको भागमा परेको छ ।
Facebook Comments Box