काठमाडौं : आफूहरूलाई जानकारी नदिई नेपाल आयल निगमले एक्कासी डिजेल र पेट्रोलको मूल्य घटाउने निर्णय गरेको भन्दै पम्पहरूले पेट्रोलको बिक्री गर्न बन्द गरेका छन्।
आइतबार साँझ निगमले मूल्य घटाएसँगै सोमबार देशभरका अधिकांश पम्पहरूले पेट्रोल बिक्रीमा रोक लगाएका हुन्। उनीहरूले आफूहरूलाई थाहै नदिई एक्कासी प्रतिलिटर ११ रूपैयाँले पेट्रोलको मूल्य घटाइएकाले विक्रेताहरूबीचको अनौपचारिक सहमतिका कारण तत्कालका लागि बिक्री रोक्नुपरेको बताएका छन्।
निगमले आइतबार डिजेलको मूल्य लिटरमा ५ र पेट्रोलको मूल्य लिटरमै ११ रूपैयाँले घटाउने निर्णय गरेको थियो।
Facebook Comments Box