जोमसोम: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन्। बुधबार बिहान जलवायु संवादका लागि मुस्ताङ आएका प्रधानमन्त्रीले उक्त क्षेत्रको अवलोकन गरेका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु संवादमा सम्बोधन र जनतासँग अन्तरक्रिया गर्ने तालिका रहेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सो क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्नेछन् ।
Facebook Comments Box