गुल्मी : गुल्मीमा डोजरको ठक्करबाट वृद्धको ज्यान गएको छ । ज्यान जानेमा गुल्मीको रेसुङ्गा नगरपालिका १४ का ९२ वर्षीय कृष्ण बहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । लु १ क ५०२४ नम्बरको डोजरले पैदल यात्रु सुनारलाई अचानक ठक्कर दिएको थियो ।
रेसुङ्गा नगरपालिका १४ अन्तर्गत टारनेटा‐टापु जोड्ने मोटरबाटो मर्मत गर्ने क्रममा डोजरको ठक्करबाट सुनारको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए।
प्रहरीले डोजर चालक पाल्पा माथागगडी गाउँपालिका ७ का कृष्ण बहादुर लामिछानेलाई नियन्त्रणमा लिएको छ । सुनारको शवलाई सदरमुकाम तम्घास ल्याइ गुल्मी अस्पतालको शव गृहमा राखिएको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box